मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाल कै सबै भन्दा ठुलो तथा गहिरो ताल रारा घुम्न आउने आन्तरिक पर्यटक बढेको छ ।
बाह्य पर्यटक भन्दा रारामा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ ।
आर्थिक बर्ष २०८०÷०८१ को साउनदेखि असार मसान्तसम्मको एक बर्ष अवधीमा १७ हजार २ सय ९७ जना आन्तरीक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।
गएको वर्षमा रारा पुगेका पर्यटकहरु मध्य आन्तरिक १७ हजार, सार्क नागरिक ६० जना,अन्य देशका नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त संरक्षण अधिकृत जयहरी धितालले जानकारी दिनुभयो ।
आथिक वर्ष २०७९/०८० मा ११ हजार पर्यटक रारा पुगेका थिए । गत बर्ष ६ हजारले रारा पुग्ने पर्यटकहरु बृद्धि भएका हुन् ।
रारा घुुम्ने समय फागुुन देखि असार अन्तिमसम्म,असोज देखि मंसिर र पुसदेखि माघ महिना सम्म उपयुक्त मानिन्छ ।
सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् ।
हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा पुग्दा रमाउन पाउनुका साथै खस राज्य रहेको ठाउँको दृष्यालोकन गर्न पाइने भएकाले स्थलमार्गबाट पर्यटकहरु रारा पुग्ने गरेका छन् ।
रारा आउने पर्यटकहरु घोडा चढेर मुर्माटपसम्म पुगेर फर्किने गरेका छन् । रारामा पर्यटकरु घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्नुका साथै यहाँ रहेका धार्मिक स्थलहरु लागुडा महादेव, छाप्रु महादेव,रारा महादेवहरुको दर्शन गर्ने गर्दछन ।
कर्णाली राजमार्ग ब्यबस्थित नहुदाँ रारा विमानस्थलमा पनि नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एक पटक आईसकेपछि पुुन आउन आनाकानी गर्ने गरेका र नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरु बताउँछन् ।
समुन्द्री सतहबाट २ हजार ९ सय ९०मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य मनमोहक छ ।
सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार–पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य बर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।
गत बर्षको साउनदेखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय मुगुले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता