काठमाडौं । काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खुमा एक जनाको शव भेटिएको पुष्टि गर्नुभयो ।
अविरल वर्षासँगै आएको बाढीले बगाउँदा उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतककाे सनाखत नभइसकेकाे प्रहरीले जनाएकाे छ । गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ।
मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ। यता काठमाडौंको टेकुमा पनि बाढी पसेको छ । नदीले आसपासका बस्ती डुबानमा परेका छन् ।
बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।
बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements