झापा । झापामा आइतबार बाबुछोरा सवार मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ । छोरा गम्भीर घाइते भएका छन् ।
प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर झापा गाउँपालिका ३ फुलगाछीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए ।
घाइते दुबैलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । अस्पताल पुर्याना सथ चिकित्सकले निजामुदिनको मृत्यु भइसकेको थियो । मृतक घाइते सालेमानका बुबा हुन् ।
शरीरका विभिन्न भागमा चोट लागेका घाइते सालेमानको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







