काठमाडौं । सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ । मंगलबारदेखि आयोजना हुने प्रदर्शनीमा रोबटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्ट लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
साथै पासवर्ड क्यार्किङ विश्लेषण गर्ने रोबर्ट पनि रहनेछ । प्रदर्शनीमा एआई रोबटिक टिचर, बैंकिङ रोबट, टुर गाइड रोबर्ट, रोबर्ट फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबर्ट वारलगायतका ३० भन्दा बढी परियोजना रहने बताइएको छ । प्रदर्शनीमा ‘रोबट वारियर्स लिग, २०२४’ समेत सुरुवात गरिने आयोजकले जनाएको छ ।
उक्त लिगमा ४० भन्दा बढी रोबर्टले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबर्ट वार ब्याटलमा सहभागी हुनेछन् भने लिग छ महिनासम्म चल्नेछ । सफ्टवेरिका कलेज परिसरमा हुने प्रदर्शनी साउन २० गतेसम्म चल्ने कलेजले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता