भोजपुर । ३५औँ साधारण सभा तथा अधिवेशनबाट कर्मचारी मिलन केन्द्र भोजपुरले १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अगाडिको कार्य समितिमा रहने पदाधिकारीहरुको सरुवा भएपछि जिल्लामा रहेका कर्मचारीलाई समेट्दै बिशेष अधिवेशन मार्फत मिलन केन्द्रमा कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरका प्रमुख बुद्धराम मल्ल आलेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनोज कुमार पण्डित, सचिव नेपाल बायु सेवा निगम प्रकाश खडका, सहसचिव राष्ट्रिय बाणिज्य बैक नरेन्द्र चौहान र कोषाध्यक्षमा सञ्जय कुमार रम्तेललाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा नवीन भट्टराई, अर्जुन कोइराला, राजीव कुमार ठाकुर, कौशिला विष्ट, राजु कुमार श्रेष्ठ, सागर गिरि, सन्तोष कुमार शाह र रमेश ढकाल चुनिनु भएको छ ।
साधारणसभामा कोषाध्यक्ष सञ्जय कुमार रम्तेलले गत आर्थिक बर्षको आयब्यय बिवरण प्रस्तुत गर्नु भएको थियो । एक लाख ६३ हजार चार सय ५४ रुपैया बराबरको आयव्यय प्रस्तुत भएको थियो । सोहीक्रममा जिल्लाबाट सरुवा भई आउने तथा अन्यत्र जाने कर्मचारीलाई स्वागत र बिदाई समेत गरिएको थियो । भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा समितिका संरक्षक नर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा संस्थानमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।






