काठमाडौं । नेपाली सेनाले काठमाडौंको सीतापाइलामा पनि पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा रिपुमर्दिनी पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो ।
शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उक्त पम्पको उद्घाटन गर्नुभएको थियो । पम्पमा ५० हजार लिटर पेट्रोल र ५० हजार लिटर डिजेल भण्डारण क्षमता रहेको छ ।
नेपाली सेनाको कोषमार्फत् काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रूपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा पम्प सञ्चालनमा रहेका छन् । त्यसैगरी प्रधानसेनापति शर्माले छाउनीमा २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहसमेत उद्घाटन गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता