काठमाडौं । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच फेरि धकेलाधकेल भएको छ ।
काठमाडौँ महानगरको डोजर आएपछि स्थानीय र नगर प्रहरी बीच फेरी धकेलाधकेल भएकाे हो । उनीहरुले डोजरमाथि चडेर आन्दोलन गरेका छन् ।
यसैबीच वडाध्यक्ष चिनकाजी महर्जनसमेत आफैँ डोजरमाथि चडेर बिरोध गर्नुभएको थियो ।
फुटपाथ विस्तारको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयको भीड न्यूरोड क्षेत्रमा ओर्लिएर आन्दोलन सुरु भएको छ ।











