
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो।
उहाँले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो। ’गत आर्थिक वर्षमा केही सुधार भएको छ, उहाले भन्नुभयोे–यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ।’
उहाँले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिनु भयो। उहाले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिनुभयो।
’कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन–उहाले भने–त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न।’
उहाँले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गर्नु भयोे।’जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम भन्दै उहाँले कर्मचारीलाई भन्नुभयाे, 'काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन।’
उहाँले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नु भयोे। ’काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्नुहोला, उनले कर्मचारीलाई सचेत बनाउँदै भने–काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफुभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस्, तालिम लिनुस्।’
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउँदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताउनु भयो।प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै, बुधबार नै बुटवल उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई बुटवल नगरलाई सफा र सुन्दर बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिनु भयो ।
सरसफाइकर्मीसँगको छलफलका क्रममा पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्न सरसफाइकर्मीको भूमिका प्रमुख हुने बताउनु भयो। उहाँले सरसफाइकर्मीका समस्याहरुको समाधानमा कार्यालयले तत्काल चासो दिन प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई निर्देशन दिनुभयो। उहाँले सरसफाइकर्मी फिल्डमा खटिँदा कार्यालयले दिएको पोशाक र सावधानीका उपाय अपनाउन आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच