कालिकोट । कालिकोटको पलाँता गाउँपालिकास्थित घाटाचौरमा कर्णाली नदीमा फेरी निर्माणमा चरम भ्रष्टाचार भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेटबाट उक्त स्थानमा फेरी निर्माणका लागि एक करोड रकम विनियोजन गरेको थियो । हालसम्म आधाभन्दा बढी रकम निकासा भइसकेको छ भने पलाँता मल्टि प्रडक्ट एण्ड कन्स्ट्रक्सन प्रालिको नाममा फेरी निर्माणका लागि गठित उपभोक्ता समितिले ३१ लाख भन्दा बढी भुक्तानी गरिसकेको छ । फेरी निर्माणमा चरम लापरवाही देखिएको छ ।
फेरी निर्माण गर्ने भनिएको स्थानमा पाँच लाख बराबरको पनि काम नभएको स्थानिय बताउछन् । यसरी फेरी निर्माणमा भएको चरम भ्रष्टाचारमा सम्बन्धित निकायहरूको ध्यान पुग्न सकेको छैन । फेरी निर्माणमा सम्भौता अनुसार काम नभइरहेको अवस्थामा पनि पलाँता गाउँपालिकाका पदाधिकारीहरू मौन बसेका छन् । घाटाचौरस्थित कर्णाली नदीमा फेरी निर्माणमा गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि स्थानीय बासिन्दाहरू निकै खुशी भएका थिए तर बर्षौं बितिसक्दा पनि फेरी निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयहरू निराश छन् ।
नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीयलाई आवतजावत तथा सामान ढुवानीमा समस्या हुँदै आएको छ । पुल बनाउन ठूलो खर्च तथा लामो समय पनि लाग्ने भएकाले तत्कालका लागि स्थानीय बासिन्दालाई आवतजावत सहज बनाउन फेरी निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर, बर्षौ बितिसक्दा पनि फेरी निर्माणमा देखिएको ढिलासुस्तीले स्थानीयहरू आक्रोशित देखिएका छन् । फेरी निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ । अख्तियारले पनि यसबारेमा अनुसन्धान जारी राखेको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts