पहिरोमा परी सङ्खुवासभामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज