काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रालाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८१’ छात्रवृत्ति प्रदान गरेको छ । एक कार्यक्रमबीच एसइई परीक्षामा चार जिपिए ल्याउने रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद १० हजार एक रुपैयाँ प्रदान गरिएको हो ।
छात्रवृत्ति कार्यक्रममा एक सय ४५ विद्यार्थी सहभागी थिए । छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रोलाई तीन हजार पाँच सय, तेस्रोलाई दुर्ई हजार पाँच सयका साथै सान्त्वना स्वरूप थप १२ विद्यार्थीलाई मासिक एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउनेछ ।
सो अवसरमा मकवानपुरबाट एसइईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यालय बाल जागृति इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक, सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा जिल्ला शिक्षा इकाई समिति, हेटौंडा उपमहानगरपालिका–५ तथा सम्पूर्ण संस्थालाई सम्मान गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा