काठमाडौं । आजभोलि प्राय धेरै मान्छेमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ। हरेक नेपालीलाई ग्यास्ट्रिक छ। अस्पतालमा पुगेका धेरै बिरामी पेटको माथिल्लो भागमा दुख्ने, पेट पोल्ने, पेट फुले जस्तो हुने, ढ्याउ आउने, वाकवाकी लाग्ने, छाती पोल्ने जस्ता लक्षण लिएर आउने गरेको चिकित्सक बताउँछन्।
खासमा, ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो। तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ। त्यसैले त हो, यसलाई 'राष्ट्रिय रोग' संज्ञा दिइएको।
पेटमा एसिड हुन्छ, जसले पाचन प्रणालिमा सहयोग पुर्याउँछ। पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउने हो। त्यसका कारण पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर पनि हुने गर्छ। बजारमा पाइने चक्की या तरल औषधिले एसिड नियन्त्रण गर्छन्। र, केही समय आराम महशुस हुन्छ।
ग्यास्ट्रिक हुने सामान्य कारण निम्न छन:
- दैनिक खाना समयमा नखानाले ।
- चिया/कफी बढी मात्रामा पिउनाले ।
- पानी कम पिउनाले ।
- चिल्लो तथा पिरो खानाले ।
- तेलयुक्त खाना खानाले ।
- धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।
- फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।
- दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ ।
- सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ ।
- कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।
के खाने ?
गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने।
के नखाने ?
रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी,प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने।
यसबाट बच्न हामीले दैनिक रुपमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन,मिनरल्स आदि पोषणयुक्त कुरा खानुपर्छ । त्यस्तै समयमै खाना खाने, अमिलो, पिरो चिल्लो आदि मसलादार खानामा कमी गर्नाले ग्यास्ट्रिक धैरै मात्रामा कम गर्न सकिन्छ ।
यो एक घातक रोग भएकोले यसको उपचार गर्न जरुरी छ । ग्यास्ट्रिकको अवस्था हेरी उपचार गरिन्छ । ग्यास्ट्रिक कम गर्न हामीले प्यान्टोप्राजोल, ओमेप्राजोल, रानिटेरिन जस्ता औषधि खानसकिन्छ ।








Breaking news with related posts