काठमाडौं । साउन ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ईश्वर’को गीत ‘पूरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ । गीतको भिडियोमा कलाकार द्वय ध्रुव थापा र कृष्टि गुरुङलाई फिचरिङ गरिएको छ ।
राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईं, रवीन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्र दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता हरिबहादुर थापा हुनुहुन्छ भने लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता हुनुहुन्छ ।
निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईंको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ । आरआर फिल्मस्ले वितरण गर्न लागेको ‘ईश्वर’बाट अनु शाहले करिब पाँच वर्षपछि कमब्याक गर्नुभएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts