रुपन्देही । सहकारीको सिद्धान्त अनुरुप संचालन हुन नसकेका मुलकभर संचालित सहकारी संस्थाहरुको आर्थिक अवस्था डिसव्यालेन्स देखिएका छन् । तर सहकारीको मुल्यमान्यता मर्म र सिद्धान्तलाई आत्म साथ गरेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको देखिएका छन् ।
त्यसका लागि सहकारीका शेयर सदस्यहरु नै सहकारीका मालिक र सहकारीको अनुगमन कर्ता भएकाले आफ्नो सहकारीको वारेमा जिज्ञासा राखिरहन जरुरी छ । बुटवलको सुख्खा नगरमा संचालित द्यौलागिरी बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आज तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम पश्चिममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान प्रदान गरेको छ । सो समारोहमा सहकारीका अध्यक्ष गोबिन्द खनालले सहकारीको अवस्थाका वारेमा प्रकाश पादै सहकारीले सामाजिक उत्तर दाईत्व बहन गर्नु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्नका लागि अनाथ आश्रममा खाद्यान्य प्रदान गरिएको प्रष्ट पार्नु भयो ।
कार्यक्रममा रामचन्द्र मैनादेवी अनाथ आश्रमकी संचालिका मैनादेवि भण्डारीले समाजमा असल कार्य गर्न निकै कठिन हुने भन्दै द्यौलागिरी सहकारीले आश्रमलाई सम्झेर जुन आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिनु भयो । उहाँले सोही अवसरमा प्रमुख अतिथी रहनु भएका तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले आश्रमलाई गरेको हरेक सहयोगको सरहाना समेत गर्नु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले अनाथ आश्रमलाई सहकारीले आफ्नो स्थापना दिवसमा सम्झना गरी खाद्यान्य वितरण गरेको विषयले अन्य यस्तै सहकारी र संघ संस्थाहरुलाई पनि मार्ग निर्देशन भएको औल्याउनु भयो । आश्रम स्थापना गरेर रामचन्द र मैनादेविले गरेको कार्य संसारमा विरल्लै मानिसलेले गन भन्दै यस्ता मानविय सेवाभावमा लाग्नेहरुलाई हरेक क्षेत्रवाट सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
खाद्यान्य वितरण समारोहमा सहकारीका व्यवस्थापक पुजा ज्ञवाली शेयर सदस्यहरु कर्मचारीहरुको सहभागिता रहेको सचिव ठाकुर घिमिरेले बताउनु भयो ।






