झापा । भाषा तथा संस्कृतिविद जगमान गुरुङलाई भानु साहित्य राष्ट्रिय पुरस्कार समर्पण गरिएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २११ औँ भानु जयन्तीको अवसरमा शनिबार प्रा.डा.गुरुङलाई १ लाख १ हजार राशिको सो पुरस्कर अर्पण गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहनु भएको गुरुङलाई कोशी प्रदेश खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले गुरुङलाई सम्मानपत्र, दोसल्ला र दैवविवाह मालासहित सो पुरस्कार समर्पण गर्नुभएको हो ।
काँकडभिट्टामा आयोजित कार्यक्रममा सुसेली साहित्यिक परिवार झापा , संगीत साधना प्रतिष्ठान इटहरी र मेची कृषक सहकारी संस्था इटाभट्टालाई समान नगद २१ हजार रुपैयाँसहित संस्थागत सम्मान गरिएको छ ।
नगद १५ हजार र प्रशंसापत्रसहित भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारी, ज्येष्ठ रेडियोकर्मी केन्द्रप्रसाद भट्टराई र साहित्यकार जयप्रसाद आचार्यलाई नगद ५ हजारसहित सम्मान गरियो। त्यसैगरी ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी अमिता गिरी र क्यारिकेचरकर्ता पिनाकीप्रसाद कोइरालालाई जनही २१ हजार पुरस्कर दिइयो ।
संस्कृतिविद गुरुङले भानु साहित्यिक प्रतिष्ठानले आफूलाई गरेको सम्मान सिङ्गो समुदायको सम्मान भएको बताउनुभयो । उहाँले साहित्य र संस्कृति भूगोलभन्दा फराकिलो हुने उल्लेख गर्नुभयो।
सोही कार्यक्रममा प्रतिष्ठानले शुक्रबार संचालन गरेको खुला कविता प्रतियोगितामा प्रथम हुने इलाम सुर्योदय नगरपालिका ९ फिक्कलका नदी भट्टराईलाई नगद ५ हजार रुपैयाँ, द्वित्तीय हुने झापा मेचीनगरका दधिराम खनाललाई ३ हजार र तृतीय हुने मेचीनगर ८ का दिपेश राउतलाई नगद २ हजार रुपैयाँ पुरस्कर तथा प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा मन्त्री कार्की, मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरे,को महासचिव सुशील आचार्य, सचिव फणिन्द्र घिमिरे लगायतले बोल्नुभएको थियोे ।






