
काठमाडौं । भूटानी शरणार्थीलगायतनेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि काँग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतको पक्षमा बोल्दै उहाँले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि काँग्रेस–एमालेले नयाँ समिकरण बनाएको आरोप लगाउनुभएको हो । प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि काँग्रेस एमालेले आफ्नाहरुलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गर्नुभयो । उहाँले दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दावी समेत गर्नुभयो ।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रश्तुत ग¥यो । जतिखेर पनि यो सदनमा राख्ने काम ग¥यो । सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरुको प्रश्नको जवाफ दिने । वा सरकारले गरेको कामहरु हुन । फेरी पनि अहिलेको यो अवस्था किन आयो ? यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ । फेरि पनि मलाई के लाग्छ भने जब भूटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस् । सुन तस्करीको कुरा होस् । खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो । बेचेन झाहरुको जव गिरफतारी हुन थाल्यो । त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ ।’
प्रमुख सचेतक पाण्डेले सरकारले जनताको पीडा बुझनका लागि पनि सकेको काम गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच