गुल्मी । गुल्मीमा मुसा मार्ने विष सेवनले एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर - १ ठाटिकाचौर बस्ने सपना सुनारकी चार वर्षीय छोरी प्रीन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक पोखरेलका मुसाको विष सेवन गर्दा सोही स्थानका बसुन्धरा सुनारकी पाँच वर्षीय छोरी दिपसिखा सुनार गम्भीर बिरामी हुनुभएको छ । सपना र बसुन्धरा बारीमा कोदो रोप्नका लागि झार गोड्न जाँदा संगै लिएर गएका उनीहरुले नाम नखुलेको मुसा मार्न प्रयोग हुने मलहम सेवन गरेका हुन् ।
विष सेवन गरेको थाहा पाएपछि दुवै जनालाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याउँदा उपचारको क्रममा प्रीन्साको मृत्यु भएको र गम्भीर बिरामी भएकी दिपसिखालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको उहाँले बताउनुभयो ।






