बागलुङ । अविरल वर्षाका कारण पहिराे खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा सडक माथिदेखि पहिरो खस्दा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा काठमाडौँ जाने सवारी साधान ठप्प छन् भने काठामाडौँदेखि आएका रात्री बससमेत सडकमा रोकिदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
सडकमा लेदोसहितको पहिरो आउँदा रातीदेखि बन्द भएको उहाँको भनाइ छ । अहिले पनि पहिरो खसिरहेको हुँदा खुलाउन नसकिएको यादव बताउनुहुन्छ । सडक खुलाउने प्रयास भने भएको उहाँले जानकारी दिनुभयो ।
यादवले भन्नुभयो, “रातभर पानी पर्दा लोकमार्गको झाँक्रीस्थानमा लेदोसहित पहिरो आएको छ, पहिरो पन्छाउनका लागि केही बेर समय लाग्ने देखिन्छ, अहिले लोकमार्ग खुलाउने प्रयास गरिएको छ, सुरुमा एक तर्फ भए पनि सडक खुलाउने प्रयास छ ।”








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts