काठमाडौं । नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेशनको संयुक्त आयोजनामा ब्रहृमानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास एवं जानकारी प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ चलचित्रकर्मीको सहभागिता रहेको थियो । साथै यस फाउण्डेशनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरूको सहभागिता थियो ।
कार्यक्रममा भावातीत योग ध्यानका विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो । काठमाडौंको दक्षिणकाली नगरपालिकामा विश्वविख्यात धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापना भएको उक्त नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालमा सनातनी धर्मको रक्षा गर्नुका साथै विभिन्न वैदिक सनातनी कार्यहरूमा आफूलाई क्रियाशील गर्दै आइरहेको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताउनुभयो । नेपाल चलचित्र कलाकार संघसँग यस्ता कार्यहरूमा सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै निकट भविष्यमा यस्ता कार्यक्रलाई निरन्तरता दिन कलाकार संघसँग अध्यक्ष बास्कोटाले आग्रह पनि गर्नु भएको थियो ।
कलाकार संघले कलाकारहरूको रिफ्रेसमेन्टका लागि बेलाबखतमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने धाराणा सहभागीहरूले राखेका थिए । कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले नेपाल चलचित्र कलाकार संघ र नेपाल महर्षि वैदिक फाउण्डेशनले यस्ता कार्यक्रमहरू १÷२ घण्टाको मात्रै नभई १/२ दिनको नै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा फाउण्डेशनका तर्फवाट सदीक्षा बास्कोटाले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो भने नीमराज अधिकारीले भावातीत योग ध्यानका बारेमा कालाकारलाई जानकारी दिनुभएको थियो । कलाकारहरूको कार्य व्यस्तता र भागदौडले गर्दा स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिवाट तथा योग तथा ध्यानका माध्यमले सकारात्मक ऊर्जाको उजागर गर्ने उद्देश्य कार्यक्रमले राखिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । अध्यक्ष निरौलाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै नेपाल महर्षि बैदिक फाउण्डेशनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता