काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एण्ड आइटी सर्भिसेस (नास-आइटी)बीच दिगो साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आइटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आइटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको हो ।
सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी सूचना क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको क्षेत्र अर्थतन्त्रको संवाहकका रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी संस्थाका रूपमा रहेकाले सम्झौता अघि बनाइएको ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।
सम्झौता नेपालमा सूचना प्रविधि विकास, विस्तार र व्यावसायीकरणमा कोसेढुंगा साबित हुने उहाँको भनाइ थियो । ग्लोबल आइएमई बैंक नास–आइटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंकले विभिन्न शाखामार्फत् ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts