
काठमाडौं । होटल सब्रिना लिमिटेडले एनएमबी क्यापिटललाई संस्थागत परामर्शदाता तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । साधारण सेयर निष्कासन गर्न एनएमबी क्यापिटललाई संस्थागत परामर्शदाता तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा एनएमबी क्यापिटलका संस्थापक तथा अध्यक्ष निराजन थापा र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गर्नुभएको छ ।
बुढानीलकण्ठ-६ को गणेश चोकस्थित होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटल डटकमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मान गरेको थियो ।
रोयल अर्किड होटल ब्राण्डअन्तर्गत ४८ भन्दा बढी स्थानमा एक सयभन्दा बढी होटल सञ्चालनमा रहेका छन् । नेपालमा उक्त ब्राण्डअन्तर्गत सञ्चालनमा आएका होटलमध्ये होटल सब्रिना पहिलो हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच