रुपन्देही । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं ३ थानपतिमा सम्पन्न सार्वजनिक सुनुवाइमा पालिकाभरका नागरिकको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन गरेका मुख्यमुख्य योजनाको संक्षिप्त जानकारी राख्दै असार २२ गते सम्म ८५ प्रतिशत बित्तिय प्रगती हासिल गरेको बताउनुभयो ।
वहाँले पुर्वाधार, सुशासन तथा सेवा प्रवाह संम्बन्धि उपलब्धी, आर्थिक तथा सामाजिक उपलब्धी, वातावरणीय उपलब्धी लगायतका बिषयमा समेत जानकारी राख्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका मुख्य जवाफदेहि वक्ताको रुपमा अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रशासकीय अधिकृत पाण्डे, वडा अध्यक्षहरु नवराज बिके, घनस्याम अर्याल, शेषनारायण पौडेल, मोती प्रसाद श्रेष्ठ, हरि प्रसाद ज्ञवाली जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो ।
त्यस्तै शाखा प्रमुखहरु स्वास्थ्य शाखा प्रमुख छत्र बहादुुर अधिकारी, पुर्वाधार शाखा प्रमुख ईन्जिनियर मिलन श्रेष्ठ, शिक्षा शाखा प्रमुख तेज बहादुर कुमाल, सामाजिक तथा आर्थिक शाखा प्र्रमुख दामोदर ज्ञवाली, प्रशासन तथा योजना राम प्रसाद ज्ञवाली, पशु शाखा प्रमुख अमित ज्ञवाली, कृषि शाखा प्रमुख पबित्रा गौतम लगायतको जवाफदेहि वक्ताको रुपमा सहभागी रहेको थियो ।
कार्यक्रममा उपस्थित राजनितिक दलका नेताहरु, उद्योग वाणिज्य संघका अध्यक्षहरु, शिक्षक, किसान, उद्यमी र सर्वसाधारणले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्याका बारेमा जिज्ञासा राख्दै पालिकालाई सुझाब दिनुभएको थियो ।
कार्यक्रममा उठेका बिषयमा जवाफदेहि वक्ताहरुले जवाफ दिनुभएको थियो भने कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष ज्ञवालीले प्राप्त हरेक सुझावलाई पालिकाले अनुसरण गर्ने बताउँदै सरकार र नागरिकले आफ्नो क्षेत्रमा ईमान्दार भएर भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्यकाल पछि आफुपनी नागरिककै रुपमा रहने भन्दै यस्ता औपचारिक समारोहमा प्रश्न सोध्न नागरिक हिच्कीचाउन नहुने बताउनु भयो । अध्यक्ष ज्ञवालीले हरेक क्षेत्रको सहभागीतामुलक सार्वजनिक सुनुवाई भएको भन्दै सहभागीलाई आभार समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार भुवन भुसाल र रुरु धार्मिक सेवा संचारका संचालक चुरामणी तिमिल्सीनाले गर्नुभएको थियो ।
कार्यक्रममा मौखिक र लिखित गरि २४ जनाबाट ८० भन्दा धेरै प्रश्न, जिज्ञासा एवं सुझाव प्रस्तुत गरिएको थियो । रुरुक्षेत्र गाउँपालिकाले हरेक पटकको सार्वजनिक सुनुवाई फरक फरक वडाका बिभिन्न स्थानमा गर्ने गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा