काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा शाखा स्थानान्तरणमार्फत् सेवा विस्तार गरेको छ । काठमाडौंको बौद्धमा रहेका दुई शाखामध्ये गोकर्णेश्वर नगरपालिका ६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका ५ को थलीमा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साबिकको बौद्ध शाखाका ग्राहकले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखामार्फत् सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरणसँगै लक्ष्मी सनराइज बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ । स्थानान्तरित शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements