रत्ननगर । चितवनको नारायणगढस्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरिएको छ । मिक्स एण्ड म्याच हङकङले ३ लाख ६० हजार रुपैया सहयोग गरेको हो ।
मानव सेवा आश्रममा आयोजित एक औपचारिक कार्यक्रममा खैरहनीका समाजसेवी झमकप्रसाद नहर्की, खैरहनी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष दीपेन श्रेष्ठ, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार, सामाजिक अभियान्त शान्तामणि नहर्कीले मानब सेवा आश्रमकी महासचिव शुशीला केसीलाई सो रकम हस्तान्तरण गर्नुभएकाे थियाे । मिक्स एण्ड म्याचका अध्यक्ष दिनानाथ बगाललेले हङकङबाट संस्थागत रुपमा पठाएको रकम सामाजिक अभियान्ता नहर्कीको समन्वयमा आश्रमलाई हस्तान्तरण गरिएको हो । कोही नभएका र केही नभएकाहरुलाई सडकबाट उठाएर आवासीय सुविधा सहित लालनपालन गरिरहेको आश्रमलाई मिक्स एण्ड म्याच हङकङले पठाएको रकम हस्तान्तरण गरिएको नहर्कीले बताउनुभयो ।
मानवताको दरिलो उदाहरण बन्न सफल मानव सेवा आश्रमलाई सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयाे ।
महासचिव केसीले तीनै तहको सरकार तथा देश विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगले बेसहारा र अभिभावकविहीनहरुको सेवा कार्य सहज भएको बताउनुभयो । आश्रमकी महासचिव केसीले चितवन स्थित मानब सेवा आश्रमको शाखामा ७० जना आश्रित रहेको भन्दै सात प्रदेशका १९ वटा जिल्लामा शाखा र २४ वटा सेन्टरमा एक हजार ७०० जना आश्रित रहेको जानकारी दिनुभयो ।
मानब सेवा आश्रमले बेसहारा, अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन सेवा कार्य गर्दै आएको छ । महासचिव केसीले २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानबमुक्त बनाउने मानवसेवा आश्रमको उद्देश्य रहेको जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा