सिन्धुली । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको शनिबार निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
२४ सैँ घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको परिसरमै निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी अभियान अन्र्तगत प्रहरी कर्मचारीहरु शारीरिक, मानसिक र संवेगात्मक रुपमा स्वस्थ्य, तन्रुस्त भएमा मात्र आमनागरिकलाई गर्ने सेवाप्रवाह अझ बढी प्रभावकारी हुने भएकाले एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रहरी कर्मचारीहरुको नियमित स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत आयोजना गरिएको स्वास्थ्य शिविरमा १०७ जना प्रहरी कर्मचारीहरुले स्वास्थ्य सेवा लिएका छन् । यस कार्यक्रमलाई समय–समयमा निरन्तर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
उहाँ भन्नुभयो, ‘कुनै पनि रोगलाई सुरुमैै पहिचान गरेर उपचार गर्न सके धेरै रोगहरुबाट बच्न सकिन्छ, यही कुरालाई मनन् गदैँ आजबाट प्रहरी कर्मचारीहरुको नियमित स्वास्थ्य जाँच गर्न थालेका छाैँ ।’
शिविरमा प्रहरी कर्मचारीहरुलाई सिन्धुली अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकसहितको टिमबाट आवश्यक परामर्श तथा स्वास्थ्य सेवा दिएको थियो ।
व्यवस्तताको बाबजुत स्वास्थ्य संस्थासम्म पुगेर चेकजाँच गर्न नसकिरहेका प्रहरी कर्मचारीहरुले कार्यालय परिसरमै स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गरेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts