झापा । घर नजिकैको पैनीमा डुबेर शनिबार झापामा एक युवाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका १० इलामेलीटोलका ३५ वर्षीय सुनिल मुर्मूको घर नजिकैको पैनीमा डुबेर मृत्यु भएको हो । सुनिल पैनीमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले उनको शव निकालेको बताइएको छ । उनी पैनीमा जानुको कारण खुल्न सकेको छैन ।






