मुगु । प्रकृतिको बरदानको रुपमा प्राप्त नेपाल कै ठूलो ताल रारा रहेको क्षेत्रको विकास गर्दा प्राकृतिक सुन्दरतामा कायमै राखेर गर्नुपर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् ।
शनिबार रारा राष्ट्रिय निकुन्ज कार्यालय र मध्यवर्ती क्षेत्रको व्यवस्थापन योजना पुनर्निर्माण कार्यक्रमका लागि आयोजित सुझाव संकलन कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो सुझाव दिनु भएको हो ।
कार्यक्रममा अघिल्लो पन्चवर्षिय योजनाले हासिल गरेका उपलब्धि र सम्पन्न हुन नसकेका योजनाबारे रारा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले प्रष्ट पार्नु भएको थियो । उहाँले विगतको पन्चवर्षिय योजनाले १४ करोड खर्चको लक्ष लिएर पर्यटन, पर्यावरण, मध्यवर्ती क्षेत्र व्यवस्थापन,जैविक विविधता संरक्षण र सस्थागत समन्वय, सहकार्य समझदारी सम्बन्धी विकास निर्माण र क्षमता विकासका कार्यक्रम समेटेको भएपनि संघीय सरकार तथा तालुकदार मन्त्रालयबाट ५ करोडसम्म मात्र बजेट निकासा खर्च हुँदा सबै योजना लक्ष्य पूरा नभएको बताउनु भयो ।
पछिल्लो समय रारा मानव अधिक्रमणमा पर्दै आएको र मान्छेहरुले आफ्नो स्वार्थका लागि आवश्यकता भन्दा फाइदा लिने उदेश्यले योजना बनाइ रारा क्षेत्रमा विकास निर्माण भैरहेको र त्यहा प्रयोग हुने ढुङा,गिट्टि, बालुवा,काठ रारा ताल जंगल भित्रबाट उत्खनन् गर्ने गरिएकाले जैविक विविधता र प्राकृतिक स्रोत मासिदै गएको संरक्षणमा जोड दिनु पर्ने, रारा पुग्न प्रयोग हुँदै आएका सडकहरु नाग्म( रारा,झुगेला(माझचौर रारा र दोमुख (गमगढी( रारा सडकहरुलाइ सुरक्षित,सडक मापडण्डका बनाउनु पर्ने,अव्यवस्थित चरिचरनलाइ व्यवस्थित गर्नुपर्ने जस्ता योजना अब बन्ने पन्चवर्षिय योजनामा समेटन र बजेट सुनिश्चता गर्न नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सुझाव दिनुभयो ।
रारामा रहेका धार्मिक स्थलहरुको जिणोदार,प्राकृतिक गुफा, थुम्काहरुको खोजी गरि ती ठाउँलाई पर्यटकीय पोइन्ट तोकी रारा आएका पर्यटकहरुलाई घुम्नयोग्य बनाएर पर्यटकहरुको रारा बसाइ लम्बाउने योजना बनाउन रेडियो नेपाल मुगु समाचारदात विनोद कुमार मल्लले सुझाउनु भयो ।
कार्यक्रममा सुझाव दिनुहुँदै प्रमुख जिल्लाअधिकारी टोपेन्द्र केसीले पर्यटकलाई मुगुमा बसौं बसौं लाग्ने बनाउन रारा सहित मुर्माटप, छायानाथ,थार्पमष्टा, चंखेली, दुधताल,सातताल लगायत पर्यटकीय र धार्मिक क्षेत्रहरुको विकासमा जोडदिनु पर्ने बताउनु भयो ।
वडा न १ का वडा अध्यक्ष पदमराज मल्ल,वडा न ३ का वडा अध्यक्ष नन्द बहादुर रावल र वडा न ८ का वडा अध्यक्ष कर्ण बहादुर रावलले व्यवस्थित चरिचरन,अतिक्रमीत मध्यवर्ती र निकुन्जको जमिनहरु सल्लेरी,बुलबुले,लामाचौरको बस्ती बसाइ व्यवस्थापन, पर्यटकहलाई रारा प्रवेश गर्दा प्लाष्टिक जन्य वस्तु ल्याउन नदिन कडाइ चेकजाचको व्यवस्थाकाे योजनामा समेट्नु पर्ने सुझाव दिनु भएको थियो ।
रारा तालमा पर्यटकले चाहेको बेला डुङ्गा चढ्न पाउने गरी पर्याप्त मात्रामा डुङ्गा राखिनु पर्ने, कल्चरल संग्राहालय, अर्गानिक पसल खोल्न र मध्यवर्तीका जनतालाई अर्गानिक खेतिमा प्रोत्साहन गरी आय आर्जनमा जोड्ने खालका योजना बनाउनु पर्ने, राराक्षेत्र हाल जुन अवस्थामा छ त्यही अवस्थामा रहन दिई राराको प्राकृतिक सुन्दरता नबिगारी जस्ताको तस्तै जोगाइ राख्नु पर्ने मुगु जिल्ला अदालतका जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यले धारणा व्यक्त गर्नुभयो ।
रारा आउने पर्यटकहरुको सहयोगका लागि हेल्प डेस्क खोल्नु पर्ने,पर्यावरणलाई असर नपर्ने गरि रारा क्षेत्रमा विकास निर्माणका काम गर्नु पर्ने,खत्याड गाउपालेकाको मसाने देखि रारा हुँदै सल्केरी र लामाचौरसम्म गृनरोड कन्सेप्ट अनुसार सडक बनाउनु पर्ने, यो ग्रीनरोड आपत विपतमा प्रगोग गर्नु पर्ने र रारा क्षेत्रमा रहेका होटेल व्यवसायीहरुले खाना, बस्नमा तोक्ने मूल्य समायोजन गर्नुपर्ने वन डिभिजन कार्यालय मुगुका प्रमुख अमरबहादुर साह सुझाव दिनुभयो ।
रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णु कुमार रावलले राराको पर्यावरणलाई क्षति नपुग्ने गरी प्राकृतिक सौन्दर्यता कायम राख्दै रारा क्षेत्रमा विकास संरचना बनाउन आफुहरु कटिबद्ध रहेको र राराको विकासका लागि स्थानिय सरकार,प्रदेश सरकार र संघीय सरकार विच समन्वय,सहकार्य र समझदारीमा बजेट छुटाउन पर्ने सुझाव दिनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता