सिन्धुपाल्चोक । सिन्धुपाल्चोक भोटेकोशीस्थित निर्माणाधीन भोटेकोशी १ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान खस्दा २ जना बेपता भएका छन् । अन्य १० जना घाइते भएका छन् ।
घटनास्थलबाट १० जनालाई तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ ।
ढलानले थिचेर बेपत्ता हुनेहरुमा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षिय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराइका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३० वर्षिय दीपक थामी, ४० वर्षिय आइतमान थामी, ४५ वर्षिय पदमबहादुर थामी, रोल्पा जिल्ला लिवाङका २३ वर्षिय साशन रोक्का, दोलखा बैतेश्वर गाउँपालिकाका ५८ वर्षिय रामचन्द्र धिमाल घाइते भएका छन् ।
इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भोटेकोसी गाउँपालिका वडा न ४ मा भोटेकोसी १ जलविद्युत आयोजनाले गत सावनबाट काम सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकोको छ ।
- विजय नेपाल







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts