हेटौंडा । सूचनाको हकमा महिला सशक्तीकरण विषयक अन्तक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।
जिल्ला बार एसोसिएशन मकवानपुरको संयोजन तथा राष्ट्रिय सूचना आयोगको आयोजना अन्तक्रिया कार्यक्रम भएको हो।
राष्ट्रिय सूचना आयोग सचिव होमप्रसाद लुइँटेलले सूचनाको हक सम्बन्धि व्यवस्था,सार्वजनिक निकायको दायित्व,सूचना मागकर्ताको भुमिका,सूचना प्रवाह गर्न नहुने विषय, सूचनाका लागि तिर्नुपर्ने दस्तुर, सूचना प्राप्त गर्ने विधि, आयोगमा उजुरी, पुनरावेदन गर्नु पुर्व पालना गर्नुपर्ने विधि, आयोगमा पुनरावेदन दिने व्यवस्था, पुनरावेदनको कारबाही, सूचनाको अध्यावधी र स्वत सार्वजनिकिकरण ,व्यक्तिगत सूचना संरक्षण, सूचनाको दुरुपयोग गर्दा हुने सजाय, क्षतिपूर्तिबारे प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सूचना आयोगको सूचना आयुक्त कमला लुइँटेलको सभाध्यक्षता रहेको कार्यक्रममा विभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका महिला, प्रहरी,शिक्षक, सञ्चारकर्मी, बार एसोसिएसनका अधिवक्ताहरु लगायतको उपस्थिति रहेको थियो।
अन्तक्रिया कार्यक्रममा उपस्थितले सूचना प्राप्त गर्ने क्रममा परेका समस्याहरु र सूचना प्राप्त गर्ने सम्बन्धमा आफ्ना जिज्ञासा राखेका थिए।
कार्यक्रममा जिल्ला बारएसोसिएसन मकवानपुरकि अध्यक्ष अप्सरा बस्नेत, उद्योग वाणिज्य संघ महिला उद्यमि सभापति अंकिता सुमार्गी ,हेटौंडा प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम,माइती नेपाल मकवानपुरकि संयोजक माया लामा,हेटौंडा उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख विष्णु लामिछाने लगायतको उपस्थिति रहेको थियो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts