इलाम । इलामको रोङ गाँउपालिकाले कफी खेतीमा विषेश कार्यक्रम नै ल्याएर विस्तार अभियान चलाएको छ । गाउँपालिका बाट कफी खेतीकालागि उपयूक्त माटो र मौसम भएका स्थानमा कफि खेतीलाई प्रवद्धन थलिएको हो ।
८ सय रोपनीमा कफि खेति बिस्तार भएको रोङ गाँउपालिमा ३ सय पचार घरधुरीले कफि खेती बिस्तार गरेका छन् । पालिकाले पछिल्लो समय कफी खेतीका लागि बिभिन्न कार्यक्रम गरि किसानलाई कफी खेती तर्फ आर्कशित गर्दै बार्षिक ५ लाख किलो फेस चेरी उत्पादन गर्ने लक्ष राखेर काम गरिरहेको छ ।
रोङ गाउँपालिका कृषि विकास शाखा मार्फत ७५ प्रतिशत अनुदानमा कफीका विरुवा वितरण हुदै आएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार कफीको विरुवा वितरण गरीएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २० हजार विरुवा वितरण गरिने पालिकाका कृषि शाखा प्रमुख तिर्थराज देवकोटाले जानकारी दिनुभयो । उहाँले कफि पल्पर हलिङ मेसिन जस्ता मेसिनरीहरु समेत वितरण गर्ने लक्ष राखिएको बताउनुभयो । साथै रोङ गाउँपालिका भित्रै कफि उद्योग स्थापना गरी फिल्टर कफी उत्पादन गर्ने लक्ष रहेको देवकोटाको भनाई छ ।
यता नेपाल सरकारले फ्रेस चेरी, पर्चमेन्ट, ड्राइ चेरीको प्रत्येक बर्ष मंसिर १ गते कफी दिवशको अवरस पारेर न्यसनतम समर्थन मुल्य तोकेर कफीको किनबेच गर्ने ब्यबस्था मिलाएको छ । यसै मुल्य अनुरुप रोङ गाउँपालिका भित्रको कफी किन बेच हुने गरेको छ ।
रोङ गाउँपालिका इलामको दक्षिणी चुरे क्षेत्र समेटिएको गाउँपालिका भएकाले पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय नगरपालिका र दक्षिणमा झापा जिल्ला सँग जोडिएको गाउँपालिका धार्मिक, पर्यटकिय, सांस्कृतिक विविधताका कारण पनि अब्बल रहेको गाँउपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताउनुभयो ।
अध्यक्ष स्याङ्बोले भन्नुभयो,“समुन्नत रोङ निर्माण अभियानमा रहेकोले कृषिलाई विषेश प्राथमिकतामा राखेको छ भने अन्नभण्डारको रुपमा रहेको यो गाउँपालिकामा पछिल्लो समय मौरि पालन तरकारी खेति फलफूल र कफी खेतीमा कृषकको आर्कषण थपिदै गएको छ ।”
नेपालमा वि.सं. १९९५ मा कफी खेतीको शुरुवात गरिएको इतिहास छ । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा कफीको राम्रो सम्भावना देखिएपछि इलाममा व्यवसायीक कफी खेतीको शुरुवात भएको छ ।
देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८ सय मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाईएको कफी गुणस्तरीय कफीको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफी उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको पालिका अध्यक्ष स्याङ्बोको भनाई छ ।
विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग बढ्दो छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । कफी अन्र्तराष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढीरहेको छ ।
पछिल्लो समयमा स्थानिय सरकारले बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण रोङ गाउपालिकामा कफी खेतीको राम्रो सम्भावना देखिएकाले कफी खेती बिस्तार कार्यक्रमको सुरुवात गरिएको पालिकाका प्रमुख प्रसाशकीय अधिकृत अनिल तिखत्रीले बताउनुभयो ।
कफी बालीलाई एक बर्षे बाली जस्तो खनजोत बढी गर्न नपर्ने, पहाडको भिरालो, पाखो जमिनमा लगाउन मिल्ने, भूक्षयबाट बचावट गर्ने र बर्षे बालीको तुलनामा आर्थिक रुपमा २/३ गुणासम्म बढी फाइदाजनक पाइएकोले यसको विशेष महत्व छ । कफीको बोटले एक वर्ष पुराने हाँगाबाट मात्र फल दिने हुँदा प्रत्येक वर्ष लगातार काँटछाँटको आवश्यकता पर्दछ ।
काँटछाँट गर्ने कार्य फल टिपी सकेपछि फाल्गुण–चैत्र महिनामा गरिन्छ । पुराना बोटहरुमा हरेक ४ वर्षपछि अलि बढी मात्रामा हाँगाहरू काँटछाँट गर्नु आवश्यक हुन्छ । काँटछाँट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो सञ्चार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा