कालीकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कालीकोटको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षमा मिनराज न्यौपानेलाई सर्वसम्वत चयन गरेको छ ।
शुक्रबार कालीकोटको सदरमुकाम मान्ममा उद्घाटन गरिएको ७ ओँ जिल्ला अधिवेशनले अध्यक्षमा न्यौपानेलाई चयन गरेको हो । न्यौपाने सहित ४९ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरिएको छ ।
जसको उपाध्यक्षमा बसन्ती शाही, सचिव परेक शाही, सहसचिव बेलसपुरा शाही, कोषाध्यक्ष, अंक तिवारी, बिज्ञ परिषद प्रमुखमा पुष्प सेजुवाल, साइबर सर्कल प्रमुखमा धनराज बोगटी, र युथफोर्स प्रमुखमा स्वागत बम भयन चएका छन् ।
असार १४ गते उद्घाटन गरिएको ७ औा जिल्ला अधिवेशनले १५ गते शनिबार मात्रै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता