काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ ।
फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उहाँकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।
सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उहाँहरूलाई पुरेको प्रहरीले जनाएको छ ।







