जुम्ला । असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैन ।
पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका-४ का स्थानीयवासि माया रोकायाले जानकारी दिनुभयो । सिँचाइ पुगेका खेतवारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन ।






