काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ ।
‘एमसिसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफै प्रश्न गर्दै आफै जवाफ दिनु भएको छ, ‘छैन ।’
एमसिसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उहाँले लगाउनुभयो ।
‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उहाँले लेख्नुभएको छ ।






