काठमाडौं । हरितालिका तीजको अवसर पारेर अमेरिकाका आठ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ । फ्लाई नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो ।
फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्तिश्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक नचाउनुहुनेछ ।
कार्यक्रममा मोडल करिष्मा ढकालको नृत्य प्रस्तुति रहनेछ । आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिंटन डिसी, ओहायो, कोलोराडो, बोष्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा