बर्दिया । बर्दियामा बर्दियामा हावाहुरीसहित वर्षा भएको छ ।
लामो समयपछि आएको वर्षा हुँदा केहि राहत दिएपनि पानीसंगै आएको हावाहुरीले भने क्षति पुर्याएको छ ।
हावाहुरीका कारण मानविय क्षति नभए पनि केहि मानिस सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हावाहुरीका कारण बर्दिया गुलरिया नगरपालिका वार्ड न ४ तुलापुरमा रहेको फूलवारी एफ.एम.को टावर ढलेका कारण पुर्ण रुपमा क्षति भएको छ । हावा हुरीका कारण गुलरिया नगरपालिका ७ चौगुर्जि गाउँका ७२ वर्षिय पलिराम गोडिया अनुहार र पेटमा सामान्य चोट लागेको छ । सोहि स्थानका ७१ वर्षिय जावरा धोवीको बरण्डाको पर्खाल भत्किँदा बायाँ खुट्टामा चोट लागेको छ । सोहि स्थानका ५५ वर्षिय आशकल धोवीको बाया हातमा चोट लागेको छ । गुलरिया नगरपालिका ७ चौगुर्जि गाँउका ७० वर्षिय कल्लु गोडिया घर तर्फ जादै गर्दा फलामको रडले पेट, बाँया आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।
यसै गरी सोहि स्थानका २३ वर्षिय माधुरी लोधको आफ्नै घरको टायल खस्दा बाँया खुट्टामा चोट लागेको छ । सोहि स्थानका सलिम अन्सारीको ७ वटा जस्तापाता हावाहुरीले उडाई क्षति पुर्याएको छ । यसै गरी रानी भुजुवाको घरको १० वटा जस्तापाता उडाएको प्रहरीले जनाएको छ ।
शिव कुमार राठौरको गोठको ५ वटा जस्तापाता उडाएका छ । युनु अहमदको घरको १२ वटा जस्तापाता उडाएको सोहि स्थानका नसिंह शाहको भान्सा घरको जस्तापाता उडाएको छ । गुलरिया ७ कै चुन्नुको परिवार घरको सवै जस्तापाता उडाएपछि खुला आकाश मुनि बसिरहेका छन् । यसै गरी बढैयाताल गाँउपालिका ७ निवासी गोकुल प्रसाद यादवको गोठको जस्ता पाता उडाएको छ ।
हावाहुरीका कारण विद्युतका पोल समेत ढलेपछि विहिवार बेलुकी ५ वजे पछि मात्रै विद्युत सेवा सुचारु भएको छ । प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकि रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा