
कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाले दर्ता हुन आएका मध्ये ७० प्रतिशत मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको छ ।
चालु आर्थिक बर्षको ११ महिनामा १६ वटा मुद्दा दर्ता हुन आएकोमा ११ वटा मेलमिलाप बाट टुङ्गो लगाएको उपमेयर तथा न्यायिक समिति संयोजक विमला तामाङले जानकारी दिनुभयो ।
जग्गा विवाद सम्बन्धी ५ वटा, लेनदेन सम्बन्धी ४ वटा, रकम हिनामिना सम्बन्धी एउटा र लालनपालन सम्बन्धी एउटा मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको तामाङले बताउनुभयो । ५ वटा मुद्दा प्रक्रियामा रहेको र ति मुद्दाहरुलाई पनि स्थानीय स्तरमा मेलमिलाप गराउने गरी पहल भइरहेको उहाँले बताउनुभयो । न्यायिक समितिमा दर्ता हुन आएका अधिकांस विवाद मेलमिलापबाट टुङ्गो लगाउने गरिएको उहाँको भनाई छ ।
गम्भिर प्रकृतिका मुद्दा अदालत पठाउने, दुबै पक्ष सहमत हुन नसकेका मुद्दाको फैसला गर्ने गरिएको उहाँले बताउनुभयो । यहाँको न्यायीक समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध सीमाना, जग्गा विवाद, लेनदेन, घरायसी विवाद लगायतका मुद्दा दर्ता हुने र अधिकांश विवाद मेलमिलापबाट छिनोफानो हुँदै आएको छ । नगरपालिकाको न्याय सम्पादनलाई प्रभापकारी बनाउन नगर स्तरमा मेलमिलाप समिति तथा वडा स्तरमा मेलमिलाप उपसमिति गठन गरिएको छ । वडामा दर्ता हुन आएका विवादलाई सकभर वडामै सामधान गर्ने र सम्भावना नभए नगर स्तरीय मेलमिलापमा पठाउने व्यवस्था रहेको छ ।
मेलमिपाल केन्द्रले विवाद मिलाउन नसकेका विवादहरु न्यायिक समितिमा पठाउने गरिन्छ । न्यायिक समिति र मेलमिलाप केन्द्रमै निबेदन दिन सकिने व्यवस्था समेत रहेको छ । नेपालको संविधानको धारा २१७ ले कानून बमोजिम अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिकाको हकमा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकाको हकमा उपप्रमुखको संयोजकत्वमा गाउँ वा नगरसभाबाट आफुमध्येबाट निर्वाचित गरेको दुई सदस्यसहित तीन सदस्यीय न्यायीक समिति रहने व्यवस्था गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच