झापा । झापाको दमक भएर बग्ने रतुवा खोलामा आएको बाढीले बगाएर बिहीबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका १ सरस्वतीटोलका ५३ वर्षीय मोहन रामदाम विक छन् ।
दमक नगरपालिका ७ को रतुवा पुल नजिक उनलाई खोलाले बगाउँदै गरेको देखेपछि स्थानीयले उद्दार गरेका थिए। स्थानीयले खोलाबाट उद्दार गर्दा नै उनको मृत्यु भइसकेको थियोे ।
इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर कानुनी प्रक्रियामा खटेको र थप यथार्थ बुझ्ने काम भइरहेको झापा प्रहरीले जनाएको छ ।






