याङ्गुन । कारागारमा रहनुभएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको जन्म दिन मनाउने क्रममा म्यान्मारका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् ।
म्यान्मारको दोस्रो सबैभन्दा ठुलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सुकी जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ ।
अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मार सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् ।
बुधबार ७९ वर्ष पुग्नुभएको सुकीलाई सन् २०२१ मा उहाँको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । उक्त विद्रोहलाई कुल्चन सेनाले सङ्घर्ष गरिरहेको छ ।
जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सुकीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञहरूको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सुकीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ ।
सेनाले सत्ता हातमा लिएपछि सुकीको कुनै विदेशी दूतसँग एकमात्र ज्ञात भेटघाट गत वर्षको जुलाईमा भएको थियो । तत्कालीन थाई विदेशमन्त्री डोन प्रमुडविनाईले उहाँसँग एक घण्टाभन्दा धेरै समय भेटेको बताउनुभएको थियो ।
मानवअधिकार समूहहरूले उहाँलाई राजनीतिबाट बाहिर निकाल्ने धोकाका रूपमा निन्दा गरेको मुद्दाको सुनुवाइपछि जुन्ता अदालतले २७ वर्षको सजाय सुनाएको छ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts