सर्लाही । समाजवादीको १० औँ राष्ट्रिय अधिवेशनका लागि सर्लाहीबाट २९ जना प्रतिनिधि छानिए । नेकपा एकीकृत समाजवादी पार्टीको १० औँ राष्ट्रिय अधिवेशनका लागि सर्लाहीबाट २९ जना प्रतिनिधि छानिएका छन् ।
क्षेत्र नं. १ बाट १६ जना, क्षेत्र नं. २ बाट २ जना, क्षेत्र नं. ३ बाट ९ जना र क्षेत्र नं. ४ बाट १ जना तथा ट्रेड युनियनबाट १ जना प्रतिनिधि छनौट भएका छन् । आज क्षेत्र नं. १, २, ३ र ४ को क्रमशः लालबन्दी, मलंगवा, हरिवन र रामनगर बहुअर्वामा भेला गरेर प्रतिनिधि छनौट गरिएको हो ।
यी २९ जना प्रतिनिधिबाहेक सर्लाहीबाट केन्द्रिय सदस्य रहेका लक्ष्मण पौडेल, रवीन्द्र बैठा र बेची लुंगेली स्वतः अधिवेशन प्रतिनिधि रहनुहुनेछ ।
समाजवादी पार्टीको १०औँ अधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता