कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा प्रमुख धीरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
बुधबार मध्यान्ह्मा प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाहीले नगरपालिका प्रमुख समक्ष राजीनामा दिनुभएको हो ।
जनप्रतिनिधिले भुक्तानीका लागि चर्को दवाव दिन थालेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतले राजीनामा दिएको खुलेको छ । राजीनामा दिए लगत्तै नगरप्रमुख कमल शाहीले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई आफ्नो कार्यकक्षमा छलफलका लागि बोलाउनु भएको थियो ।
छलफलमा नबसी निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख त्यहाँबाट बाहिरिएको बुझिएको छ ।
यस्तै लेखा अधिकृत धीरबहादुर शाहीले सेवाग्राहीबाट कार्यालय समयमा लेखा प्रमुखमाथि अनावश्यक गालीगलौज चरीत्र हत्या गर्ने काम भएको भन्दै आफू जिम्मेवारीमा रहेर कार्यालयबाट हुने आर्थिक कारोबार सञ्चालन गर्न नसक्ने भन्दै राजिनामा दिनुभएको छ ।
कार्यकक्षमै कर्मचारीमाथि चरीत्र हत्या र गालिगलौज हुँदा नगरप्रमुखले कर्मचारीलाई संरक्षण गर्नुपर्नेमा उल्टै व्यक्तिगत मामिलामा आच आउने तरिकाले मानसिक रोगीको संज्ञा दिदै मानसिक तनाबको सिर्जना गरेकाले आजदेखि आर्थिक कारोबार गर्न नसक्ने भन्दै जिम्मेवारीबाट बाहिरिएको लेखा प्रमुख शाहीले जानकारी दिनुभयो ।
बिना वजेट भुक्तानी गर्न जनप्रतिनिधिको सिफारिस
विभिन्न समयमा वडाअध्यक्षदेखि नगर प्रमुख र उपप्रमुखले आफ्ना आसेपासेलाई बिना काम र विना वजेटमा गैरकानुनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यकतालाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यले आफू जिम्मेवारीमा रहेर काम गर्न नसकिने भन्दै जिम्मेबारीबाट राजीनामा दिएको बुझिएको छ ।
जनप्रतिनिधिले अन्तिममा आएर बजेट भन्दा बढी सिफारिसका लागि भुक्तानी दिन लगाउने काम भयो “हाम्रो पनि जागिरको सवाल छ, गैरकानुनी रूपमा भुक्तानी दिन सकिँदैन,’’ लेखा प्रमुख शाहीले भन्नुभयो ।
जनप्रतिनिधिले सिफारिस गरेर लेखामा पठाउछन, यता बजेट छैन् । बिना वजेट बिनै सिफारिस गर्नाले अहिले लेखापालले दिएन भन्छन् हरेक दोष अन्तिममा लेखालाई दिएर काम गर्ने वातावरण मिलेन ।
असार मसान्तको बेला लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीबाट बाहिरिए पछि उपभोक्तादेखि अन्य सेवाग्राही चर्काे मर्कामा परेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा