सिन्धुली । बुधबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा आएको छ ।
जिल्लाको फिक्कल गाउँपालिका-२ सुम्नामबेसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र यसै पालिकाको वडा नम्बर ६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।
गएराती परेको बर्षाका कारण सडक माथीबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुबैतर्फी संचालन गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार स्थानीय सरकारको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भैरहेको छ । यात्रुको सहजताको लागि प्रहरीसमेत सडकमै खटिएको उहाँले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा