अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता

फाइल तस्बिर

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । बुधबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा आएको छ ।

जिल्लाको फिक्कल गाउँपालिका-२ सुम्नामबेसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र यसै पालिकाको वडा नम्बर ६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।

ADVERTISEMENT

गएराती परेको बर्षाका कारण सडक माथीबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुबैतर्फी संचालन गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार स्थानीय सरकारको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भैरहेको छ । यात्रुको सहजताको लागि प्रहरीसमेत सडकमै खटिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?