काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सो अस्पतालमा आईसियु र डाईलासिस सेवा तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद कार्कीेले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्षभरी काम नहुने अनि असार मसान्तसम्म चाहीँ जसरी पनि खर्च गर्नुपर्ने प्रेसरमा पर्याप्त अध्ययन नै नगरी जथाभावी अनाआवश्यक रुपमा दोहोर्याई, तेहेर्याई सडकहरु पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भईरहेको छ । यता, सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया-दिपायल दु्रतमार्ग मात्र ८६ किलोमिटर पनि बर्षौदेखि बजेट अभावका कारण अलपत्र छ । डोटी जिल्लाकै शिखर नगरपालिका वडा नम्बर १० र ११ जोडने पुल ठेक्का लागेर पनि काम भएको छैन । डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ । आईसियू र डाइलासिस सेवा शुरु हुन सकेको छैन । बिरामीहरु रिफर गर्नुपरेको छ । यो समस्याहरु यथाशिघ्र समाधान गरियोस । सभामुख महोदय, नेपालको विकास चाहने हो भने सबै क्षेत्रमा समान विकास हुनुपर्छ । प्रत्येक नागरिकको बराबर हक सुनिश्चित हुनुपर्छ । ’
सांसद कार्कीले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्न नहुने बताउनु भयो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts