दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक दलका नेताहरुसँग जोडिएका सवै घट्नाहरुको सत्यतथ्य छानविन गर्नुपर्ने भन्दै दोषी देखिए कानुन अनुसार दण्डीत हुनुपर्ने बताउनुभएको हो ।
कुनै पनि पार्टीका नेता वा परिवारका नातेदार जोडिएकै कारण घट्नालाई प्रभावित पार्न नहुने भन्दै नेता विश्वकर्माले कांग्रेस, एमाले, माओवादी,स्वतन्त्र पार्टीलगायतका नेताहरु जोडिएका सहकारी प्रकरण, टिकापुर जग्गा प्रकरण, ललिता निवास, भुटानी शरणार्थी ,सुकुम्वासी जग्गा प्रकरणदेखि गिरीबन्धु जग्गा प्रकरणसम्म सवै घट्नाहरुको सत्यतथ्य छानविन गर्न आवश्यक रहेको बताउनु भयो । भ्रष्ट्राचार,अनियमितालगायतका बेतिथिको बिरोधसँगै सुशासनका लागि नेपाली कांग्रेसले संसददेखि सडकसम्म निरन्तर कुरा उठाउँदै आएको भन्दै नेता विश्वकर्माले कांग्रेस भएकै कारण कसैले उन्मुक्ति नपाउने बताउनुभयो । भुटानी शरणार्थी प्रकरणलगायतका घट्नाहरुमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडलगायतका नेताहरु विगतमा मुच्छिएको भन्दै उहाँले कसैको बचाउनमा कांग्रेस नलाग्ने बताउनुभएको थियो ।
नेता र नेतृत्वसँग जोडिएका विषयमा सत्यतथ्य छानविन गरेर जनतालाई प्रष्ट पार्नुपर्ने भन्दै त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । सहकारी प्रकरणमा कांग्रेसले कुरा उठाएकै कारण अहिले छानविनको प्रक्रिया अघि बढेको भन्दै उहाँले संसदका महासचिवको विषयमा पनि छानविन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।
राज्यको नीति निर्माण गर्ने स्थानमै बस्ने मानिसको नागरिकतामा खोट देखिनुले राम्रो संकेत नगर्ने भन्दै नेता विश्वकर्माले सवैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताउनुभएको थियो । त्यसैगरी नेता विश्वकर्माले नेपाली कांग्रेस सरकार बनाउने र ढलाउने पक्षमा नलागेको बताउनुभएको छ ।
नेता विश्वकर्माले कांग्रेस इमान्दारिताका साथ सशक्त प्रतिपक्षको भूमिका बस्ने बताउनुभएको हो । सरकारले राम्रो काम गर्दै जनताको मन जित्न सके बर्तमान सरकार अघि बढ्ने सम्भावना रहेको भन्दै नेता विश्वकर्माले भन्नुभयो,‘कांग्रेस बर्तमान गठबन्धनको सरकारलाई ढालेर सरकार बनाउने पक्षमा छैन । यहि सरकार निरन्तर जाओस भन्ने पक्षमा छ ।’ जनचाहना अनुसार सरकार अघि बढ्न नसके नयाँ सरकार बन्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभएको थियो ।
कार्यक्रम युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts