दाङ। राज्यले संचारमा लगानी गर्नु लोकतान्त्रीक समाजमा महत्वपूर्ण उपलब्धी रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
उनीहरुले निजी क्षेत्रबाट संचालित मिडियाले पत्रकार आचारसंहितालाई भुलेर जनतामा जतिवेला पनि भ्रमपैदा गर्न सक्ने अवस्था रहेको भन्दै राज्यले मिडियामा लगानि गर्नु र मिडिया संचालन गर्नु एउटा महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । उनीहरुले जनताको सूचनाको हकलाई राज्यलेनै पूर्तिगर्नु परिवर्तित युगको एतिहासिक उपलब्धी रहेको बताएका छन। दाङको बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो बंगलाचुली ९१.७ मेघाहर्जको दोस्रो स्थापना दिवसको अवसरमा आज शोमबार कमिरेचौरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यले संचालन गरेको मिडिया राज्यनियन्त्रित भने हुन नहुने बताएका छन् ।
रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरको प्रमुख आतिथ्यता तथा बांगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमख प्रशासकीय अधिकृत चन्द्रकानत पौडेल र नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा स्थापना दिवस समारोह कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले स्थानिय सरकारले जनताको सूचना प्राप्त गर्ने अधिकारलाई स्थापित गर्न बंगलाचुली गाउँपालिकाले आफ्नै माहतमा रेडियो संचालन गरेको बताउनुभयो । उहाँले मानविय विकासको आधार तयार पार्ने माध्यम भनेको संचार क्षेत्र रहेको बताउँदै हरेक नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिने राज्यको जिम्मेवारी रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष पुनले संचार विनाको समाजको कल्पना गर्न नसिकने बताउँदै रेडियो बंगलाचुलीलाई जनताकै साथिकोरुपमा स्थापित गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले रेडियो संचारको महत्वपूर्ण अंङ्गरहेको बताउँदै जनपक्षिय सूचना प्रवाह गर्नका लागि रेडियोले कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । उहाँले रेडियो बंगलाचुली राज्यनियन्त्रित संस्था नभएको बताउँदै सधैभरि सत्य र तथ्यमा रहेर संचार प्रवाह गर्न कहिले पनि अबोध नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले देशको संविधानले दिएको अधिकारमा टेकेर रेडियो बंगलाचुली स्थापना गरिएको बताउनुभयो । उहाँले राज्यद्वारा संचालित संचार संस्थाहरु जहिलेपनि जनताको अधिकारको पक्षमा आवाज उठाउने कामगरेको बताउनुभयो । राज्यका संचार संस्थाहरुले कहिले पनि कानुनविपरित सूचना प्रवाह नगरेको स्मरण गराउँदै रेडियो बंगलाचुली पनि त्यसकै नमुना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीले बंगलाचुली गाउँपालिका मिडियामैत्री र संचारमैत्री गाउँपालिकाकोरुपमा महासंघले चिनेको बताउनु भयो । उहाँले बंगलाचुली गाउँपालिकाले आफ्नो स्वामित्वमा रेडियो संचालन गर्नुनै यसको गतिलो उदाहरण रहेको बताउनुभयो । उहाँले जनतालाई सूचनाको पहुँचमा ल्याउन स्थानिय सरकारले गरेको काम निकै प्रसंसनिय रहेको बताउनुभयो । साथै उहाँले यसको दिर्घकालिनका लागि हरेक तहबाट साथ र सहयोग हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल दाङका अध्यक्ष प्रेम हादुर राम्जा, बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती, ७ का अध्यक्ष गिर बहादुर थापा, कार्यपालिका सदस्य सविराम कामी, प्रेस सेन्टर नेपाल दाङका कार्यालय सदस्य गिरिराज नेपाली, नेपाल प्रेस युनियनका जिल्ला सदस्य हिमाल महरा लगायत रेडियो बंगलाचुलीका कर्मचारी, लगायतको उपस्थिती रहेको थियो ।रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण मधुसुदन गिरीले गर्नुभएको थियो ।
यसैवीच रेडियो बंगलाचुलीले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा २६ जनाले रक्त दान गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts