काठमाडौं । राजधानीको सभागृहमा तीनदिने कार्यक्रमसहित सम्पन्न चौथों नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित चलचित्र ‘सुगुप’ले पब्लिक च्वाइस अवार्ड, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पाश्र्व संगीत गरी चारवटा अवार्ड आफ्नो पक्षमा पार्न सफल भएको छ ।
चलचित्रले पब्लिक च्वाइस अवार्डसहित ३५ हजार नगद रुपैयाँ पनि प्राप्त गरेको हो । उत्कृष्ट छायांकनबाट युवराज राई, उत्कृष्ट सम्पादन विपिन मल्ल र उत्कृष्ट संगीत अशोक लोहोरुङ राईले प्राप्त गर्नुभएको हो ।
वियोगान्त कथा बोकेको सुगुपभित्र वैवाहिक संस्कार, रीतिथिती, गरिबीभित्रको पीडालाई सामाजिक समस्याको रूपमा देखाइएको छ । चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बु, वविता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बु, निता लिम्बु, रविनइन्द्र शेर्पालगायत कलाकारको अभिनय छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रविनकुमार नाल्बो हुनुहुन्छ भने अन्य लगानीकर्तामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, एल.पी.साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो रहनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता