रुपन्देही । तिलोत्तमा नगरपालिकाको आयोजनामा जेठ २७ गते आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला हुने भएको छ।
तिलोत्तमा नगरपालिका वडा न।–९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो।
तिलोत्तमा नगरभित्र रहेका युवा, बिद्यार्थी, उद्यमसङ्ग जोडियका सबैलाइ एकै ठाउमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने, उद्यमिहरुको सम्मान र उनिहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै निजि क्षेत्रसङ्ग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका ब्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पाठकले बताउनुभयो।
बेरोजगार युवायुवतीहरुलाई स्थानिय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर यही माटोमा केही गर्न सकिन्छ भन्ने आशाको सन्चार गराउदै यो कार्यक्रम सबैको लागि एक अवसर बन्न सक्ने कार्यक्रमका सदस्य तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले बताउनुभयो। अघिल्लो बर्षको यस कार्यक्रमले युवाहरुलाई रोजगारसंग जोडेको बताउदै कार्यपालिका सदस्य सेन्चुरीले बताउनुभयो।
युवाहरुलाई केन्द्रित गरिएको सो कार्यक्रममा उद्यम गरेका , लघुउद्यमसंग जोडिएका, सफल व्यापारी, उद्योगी, ज्ञान नवप्रबर्तन तथा आइडियाजहरु प्रस्तुत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले जानकारी दिनुभयो।
कार्यक्रमलाई सफल बनाउन तिलोत्तमा वासीहरुको सहयोग आवश्यक भएकोले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले आग्रह गर्नुभएको छ। शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सारदा भट्राईको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts