काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले दर्ज्यानी चिन्ह लगाउनु भएको छ ।
सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाईदिनु भएको हो ।
मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।






