हेटौंडा । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल(सेवा नेपाल) ले सहकारी विश्वविद्यालय र महिला उद्यमी बैंक स्थापना गर्ने गरी १० वर्षे परिकल्पना र दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरेकाे छ । बुधबार हेटौंडामा आयाेजना गरिएकाे सामाजिक उद्यमी महिला सहकारीहरुकाे अवस्थाबारे नीतिगत पैरवी सम्बन्धी अन्तर्किया कार्यक्रममा उक्त परिकल्पना र रणनीतिक याेजना सार्वजनिक गरिएकाे हाे ।
सेवा नेपालले स्वदेशमै युवाहरुलाई रोजगारी र्सिजना गर्न विश्व विद्यालय र विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी बैंक स्थापना गर्ने गरी परिकल्पना तयार गरेको छ । महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालय स्थापना गरी व्यवसायिक शिक्षा प्रदान गर्ने योजना रहेको छ । विदेशमा श्रम गरिरहेका युवाहरुलाई स्वदेश फर्काएर विश्व विद्यालय मार्फत स्वदेशमै रोजगारी सृजना गर्ने रणनीतिक योजनामा उल्लेख गरिएको छ ।
युवाहरुलाई सहकारी विश्व विद्यालयमा अध्यायन गराएर स्वदेशमै कर्म गर्न सिकाउने र आम्दानीको पहिचानको लागि ज्ञान तथा सीप प्रदान गर्ने तथा सहकारी बैंक स्थापना गरी उद्यमी बन्न चाहने महिलाहरुलाई सुलभ व्याजदरमा ऋण प्रदान गर्ने र देशभरका आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई आवद्ध बनाउने योजना रहेको छ ।
२० अर्ब पूँजि सहितको महिला उद्यमी बैंक स्थापना गरी सदस्यहरुलाई सुलभ ऋण र बिमा सेवा उपलब्ध गराउने, नेपालका सातवटै प्रदेश समेटिने गरी १५ लाख सदस्य सहित एक हजार महिला उद्यमी सहकारी सेवा नेपालमा आबद्ध गराई उनीहरुको जीवन स्तर सुधार गर्ने, महिला उद्यमी उद्योग सञ्चालन गरी व्यवसाय विकास र व्यापार प्रर्वद्धन गर्ने, महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालयले व्यवसायिक शिक्षा प्रदान गर्ने लगायतका विषयवस्तु समावेश रणनीतिक योजना र परिकल्पना तयार गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिनुभयो । त्यसैगरी उत्पादन र बजारिकरणकाे लागि महिला उद्यमी उद्योग र व्यवसाय सञ्चालन गर्ने, सामाजिक पूजी निर्माण र रुपान्तरण उनले जानकारी दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले उद्यमी सहकारीले उत्पादन गरेका सामग्रीहरुलाई विश्व बजार सम्म लैजान नीतिगत सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सहकारीले घरजग्गामा लगानी गर्दा धरासायी बनेकाे भन्दै उहाँले सहकारी उत्पादनसंग जाेडिनु पर्ने उहाँले बताउनुभयो । उद्यमशिलता विकासकाे लागि उत्पादन र बजारिकरणमा देखिएका समस्या सामधानकाे लागि प्रक्रिया सुरु गरेकाे बताउनुभयो ।
सेवा नेपालका अध्यक्ष पार्वती न्याैपानेले सरकारले उद्यमशिल महिलाहरुकाे अस्थित्व स्विकार्न नसकेकाे भन्दै नीतिगत सुुधारका लागि प्रदेश मन्त्रालयमा ध्यानकर्षण गराउने बताउनुभयो । उहाँले सामाजिक उद्यमी महिला सहकारीलाई भिन्न प्रकृतिकाे विषयगत बर्गीकरणमा राख्नु पर्ने माग गर्नुभयो। उद्यमी महिला सहकारीकाे संस्थागत विकास, सहकारीले उत्पादन गरेका सामग्रीकाे बजारिकरण र महिलाहरुकाे नेतृत्व विकासकाे लागि सेवा नेपालले काम गरिरहेकाे बताउनुभयो । कार्यक्रममा सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सेवा नेपालकाे स्थापना, उद्देश्य, परिकल्पना र रणनीतिक याेजनाका बारेमा कार्यपत्र प्रस्तुत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रि लम्साल, राष्ट्रिय सहकारी बाेर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकाेटा, सहकारी संघ वागमति प्रदेशका अध्यक्ष रामहरि शर्मा घिमिरे, सेवा नेपालकी प्रदेश संयाेजक शैलजा घिमिरे, सेवा नेपालकी सचिव कल्पना रिमाल लगायतले मन्तव्य राख्नुभएको थियोे । हेफर इन्टरनेशनल नेपालकाे सहयाेगमा सेवा नेपाल र राष्ट्रिय सहकारी महासंघ नेपालले सयुक्त रुपमा कार्यक्रम आयाेजना गरेकाे हाे । राष्ट्रिय सहकारी महासंघ नेपालकी सञ्चालक तथा वागमती प्रदेश संयाेजक र सेवा नेपालकी अध्यक्ष पार्वती न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts